उच्च गर्मीले व्यापार ठप्प, जनजीवन कष्टकर

घरसञ्चार
दाङ । देउखुरीको प्रमुख ब्यापारिक केन्द्र हो लमही ।
देउखुरीका अधिकाँस क्षेत्रबाट प्राय किनमेल अथवा अन्य कामले मानिसहरु लमही बजारमा आउने गर्दछन । देउखुरीको प्रमुख ब्यापारिक थलोका रुपमा रहेको लमही बजार अहिले भने ठप्प जस्तै छ । सुनसान देखिने लमही बजारको व्यापार अहिले ओरालो लागेको छ ।
चर्को गर्मिका कारण बजार सुनसान जस्तै भएको हो । दिनैभर मुबाईल हेर्दै ग्राहक कुर्दैमा दिन बित्नेगरेको ब्यापारीहरु बताउँछन । केहीदिन यता अत्यधिक बढेको गर्मीका कारण बजार सुनसान भएको ब्यापारीहरुको भनाई छ ।

बजार खेल्नेहरु गर्मीले घरमै रोकिदा ब्यापारमा ह्रास भएको उनिहरुले चिन्ता ब्यक्त गरे ।
केही दिनयता देउखुरीमा ४३ डिग्री सम्मको तापक्रम बढेको छ । जसले ब्यापारमा ह्रास आउनुका साथै जनजिवन पनि कष्टकर बनिरहेको छ । पसल कुर्दैमा दिन बित्नेगरेको व्यापारी निरु ज्ञाँवलीले बताईन । उनको लमही बजारमा फेन्सी पसल छ । दैनिक २/४ जना बाहेक ग्राहक आउँदैनन् । अहिले सम्म ब्यापारमा यस्तो अबस्था नआएको उनी सुनाउछन ।
‘ग्राहक नै आउनुहुँदैन, यो गर्मिमा को हिँडोस र निरुले भनिन्-पसल कुर्दैमा दिन बित्छ, सबै ब्यापारीको अबस्था हेर्दै चित्त बुझाउनु परेको छ ।’ उनको पसलमा सहयोगी हरुपनि थिए । अहिले भने उनिसँग सहयोगी छैनन् । कारण त्यही हो व्यापार नहुनु । ‘आम्दानी भएपो सहयोगीलाई तलब दिने हुन्छ, पसल अहिले घाटामा छ निरुले भनिन् कसरी तलब दिनु र! त्यसैले बहिनीहरुलाई सल्लाहमा बिदा दिएको छु ।’ गर्मी सँगै आर्थिक मन्दिलेपनि यस्तो अबस्था आएको उनले सुनाईन ।

निरुजस्तै अर्का व्यापारी कौशल अधिकारीले पनि ब्यापार नहुनुको पीडा सुनाए । उनको लमहीमा ठूलो ईलेक्ट्रिक पसल छ । तर व्यापार नहुँदा बैँकको ब्याज समेत तिर्न नसकिरहेको गुणासो गरे । ‘ठूलो पसलमा ठुलै लगानी हुन्छ, ऋणबाटै सामान भर्ने हो कौशलले भने-यस्तो अबस्थाले कसरी ऋण तिर्नु, घरायसी खर्च त छँदैछ, उता साहुहरुको ताकेता पनि सहन परिरहेको छ ।’ हेर्नेबेला व्यापार गरेको छ, पैशा कमाईराको छ जस्तो देखियो होला तर ब्यापारीको वास्तविक पीडा कसले बुझ्ने? उनले भने ।

व्यापारी सधै मर्कामा परिरहेको अर्का ब्यापारी बिष्णु भुषालले सुनाए । गर्मिका कारण सुनसान बजारले ब्यबसाय नै धरापमा पर्नेगरि ठप्प भएको प्रति चिन्ता ब्यक्त गरे । ‘साँझ-बिहान तरकारी पसलमा अलिअलि मान्छे देखिन्छन, हाम्रो मोबाइल पसल त शून्य नै हुन्छ बिष्णुले भने-जति हुनपर्थ्यो त्यो व्यापार हुन सकिरहेको छैन ।’ अहिले गर्मीले सुनसान बनायो, फेरि पानी पर्छ वर्षा लाग्छ, हिला हुन्छ भनेर मान्छेहरु बजार आउँदैनन् हामी ब्यापारीलाई सधै पीडा छ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *