बिपद ब्यबस्थापनमा नेपाल प्रहरीको चासो

घरसञ्चार

दाङ । बर्खायाम नजिकिदै गर्दा नेपाल प्रहरीले सचेत रहन सचेतना कार्यक्रम गरेको छ ।

प्रहरी चौकि सतबरियाले बाढि प्रभाबित क्षेत्रका जनतालाई भेला गराई बिपद सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी सतबरियाको समूह बाढि प्रभाबित क्षेत्रमा पुगेको छ ।
लमही नगरपालिका वडा नम्बर ८ गिधनियामा सचेतना कार्यक्रम गरिएको हो । लमही-७ को फचकपुर, लमही-८ को गिधनिया र धनपुरुवा अति बाढी प्रभाबित क्षेत्र मानिन्छन । राप्तीमा बाढी आउँदा यिनी बस्तिहरु जलमग्न हुने गर्दछन । बिपदबाट वच्न प्रहरीले पुर्ब तयारी सहित सचेत गराएको छ । बिपदको बेला साईरनको प्रयोग, जानकारी पश्चात् सचेत हुनुपर्ने, ब्यबस्थािनमा सक्रिय हुने, उचाईमा जानुपर्ने, सबै गाउँबासी एकै ठाउँमा जम्मा हुने लगायत सम्बन्धी प्रशिक्षण दिईएको हो ।

बिपद सँगै प्रहरी चौकि सतबरियाले ‘दुर्ब्यसन बिरुद्द आमाहरु’ र ‘अभिभाबकसँग ट्राफिक प्रहरी’ भन्ने बिषयमा केन्द्रित रहेर सचेतना दिईएको थियो । लागू औषध दुर्बेसनी तथा न्युनिकरण, बालबिबाह, आत्महत्या, महिला शसक्तिकरण, महिला हिँसा, ट्राफिक नियम सम्बन्धी पनि जानकारी गराईएको थियो । समाजमा हुने हिँसा, घटना र त्यसको निर्मुल अथवा सम्बन्धित निकायको जानकारी सहित प्रशिक्षण दिईएको थियो । प्रहरीको जनचेतना कार्यक्रममा सहभागी हुन पाउँदा स्थानिय हर्षित बनेका थिए ।
प्रहरी चौकि सतबरियाका प्रमुख कुलबहादुर सार्की, समाजसेवी तथा बुद्धिजीवी यादबनाथ योगी लगायतले प्रशिक्षण दिएका हुन । स्थानिय बुद्धिजीवी रुद्रनारायण चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रहरी चौकि सतबरियाले विभिन्न समयमा सचेतना कार्यक्रम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *