राजपुरको एक बिद्यालयको अनियमितता तर्फ अख्तियारको चासो

घरसञ्चार
दाङ । राजपुर गाउँपालिकाले पालिका अन्तरगतका सामुदायिक बिद्यालयहरुमा निशुल्क शिक्षा लागू गरेको छ ।
कार्यपालिका बैठकबाटै बिद्यार्थीबाट कुनैपनि शुल्क नलिने भन्दै निर्णय गरेको छ । तर पालिकाको निर्णयलाई धज्जी उडाउँदै माध्यमिक बिद्यालय राजपुर-७ सिक्टाले बिद्यार्थीबाट मनपरी शुल्क उठाउने गरेको तथ्य फेला परेको छ । बिद्यार्थीहरुबाट ६ हजार सम्म रकम असुल्ने गरेको पाईएको छ ।
बिद्यालयका प्रधानाध्यापक बिष्णु खत्रीले मनोमानी रकम असुल्ने गरेको आरोप लागेको छ । यसतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जले चासो दिएको छ । बिद्यालयको खातामा रहेको रकम समेत हिनामिना गरेको आरोप लागेपछि अख्तियारले चासो दिएको हो । अख्तियार मार्फत जिल्ला प्रसासन कार्यालय दाङ हुँदै राजपुर गाउँपालिकालाई राय सहितको प्रतिबेदन बुझाउन आदेश दिईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले अख्तियार बाट आएको पत्रलाई समन्वय गरि राय बुझाउन गाउँपालिकालाई पत्र पठाईएको बताए । प्रधानाध्यापक सहित बिद्यालय ब्यबस्थापन समितीलाई समेत चौतर्फी आरोप बढेपछि अख्तियारबाट पत्र आएको उनले बताए ।
पत्रमा भएका आरोपहरु पुष्टि भएमा कानुन बमोजिम कारबाही अगाडि बढाईने उनले जानकारी दिए । ‘अख्तियार बाट पत्र आएपछि पालिकामा पत्र पठाईएको छ, गाउँपालिकाको रायलाई पर्खेका छौँ प्रमुख सुबेदीले भने-पुष्टि भए कारबाही हुन्छ ।’
पत्रमा नाम नै किटान गरि ४ बर्ष पहिलेदेखी उक्त बिद्यालयको प्रअ बिष्णु खत्रि भएदेखी बिद्यालयको अबस्था दयनिय भएको उल्लेख गरेको छ । हाल १ सय ८० अध्ययनरत बिद्यालयमा विद्यार्थी बढाउनुको साटो उल्टै वडाध्यक्ष पुष्कर वली र बिब्यस अध्यक्ष धनबहादुर वलीको मिलोमतोमा व्यापक भ्रष्टचार गरेको भन्ने उल्लेख छ ।
साथै पत्रमा १ देखि ३ कक्षा सम्मका विद्यार्थी मार्फत ३० रुपैया, ४ देखि ९ सम्म परीक्षा शुल्क भनि ८० देखी २०० रुपैया, ट्युसन शुल्क एकमुस्ट ६ हजार लिने गरेको र शुल्क नतिरे परिक्षमा समावेस नगराउने धम्कि दिएको उल्लेख छ । त्यस्तै बिद्यालयको खातामा रहेको १० लाख ६० हजार रुपैया प्रअ र बिब्यस अध्यक्षले हिनमिना गरेको आरोप छ । विद्यार्थी सँख्या कम भएपनि बढि देखाएर बिबरण पेश गरेको, ४ बर्षसम्म अभिभाबक भेला नगरेको र गराई पाउ भनी माग गर्दा धम्काउने गरेको, अभिभाबको किर्ते हस्ताक्षर गरि बिबरण पेश गरेको जिल्ला प्रशासन कार्यालयको पत्रमा उल्लेख छ ।
त्यस्तै प्रक्रिया नपुराई कार्यालयको सामान खरिदमा मनपरी किर्ते बिल पेश गरेको, बिब्यस नै अभिभाबकको किर्ते हस्ताक्षर गरि चलेको, बिद्यार्थीको खाजा गुणस्तरहिन खुवाउने रहेको पत्रमा उल्लेख छ । प्रअले पढाउनु हुँदैन भन्दै नपढाउने गरेको र आफू आबद्ध रहेको सँस्थागत बिद्यालयमा पठाउने गरेको समेत आरोप छ ।
यिनै याबत बिषयको आरोप सहित पालिकालाई राय पठाउनु हुन भन्ने पत्र आएपछि सोमबार पालिकाको समूह बिद्यालय पुगेको थियो । प्रशासनको पत्रमा उल्लेख बमोजिम त्यहा मनपरी शुल्क उठाउने गरेको पाईएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकिले बताए । पालिकाले बिब्यस र प्रअ समेतलाई ५ दिने स्पस्टिकरण माग गरेको छ । स्पस्टिकरण बुझाउन नसके स्वत दोशि ठहर हुने र कानुन बमोजिम कारबाही अगाडि बढाईने पालिका अध्यक्ष बुढाथोकिले बताए । ‘प्रशासनको पत्र सहित हामी त्यहा पुग्यौँ, मनपरी शुल्क उठाउने गरेको पाईयो प्रमुख बुढाथोकिले भने-५ दिने अल्टिमेटम् दिईएको छ, दिननसके कारबाही अघि बढ्छ ।’
उनले पालिकामा निशुल्क शिक्षा लागू हुँदाहुदै मनपरी शुल्क उठाउन आफुहरुलाई सह्य नभएको बताए ।
