नेपालगञ्जमा तापक्रम आकासियो, दाङमा कति?

१८ जेठ, नेपालगञ्ज- नेपालगञ्जमा यस वर्षकै अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो । बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।