४४ डिग्री तापक्रम नाघेपछि नेपालगञ्जमा २० दिन गर्मि बिदा

१८ जेठ, नेपालगञ्ज- नेपालगञ्जमा अधिकतम ४४ डिग्री सेल्सियस बढि तापक्रम बढेपछी २० दिन गर्मि बिदा दिईएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय गरेको हो । शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भएपनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी बिदा दिइएको हो ।
उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन् । नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियस भन्दा माथि पुगेको छ।