१५औं खेलाडीका रुपमा सन्दिपको नाम गोप्य राखिएको खुलासा

१८ जेठ, काठमाडौं- आईसीसी टी-२० विश्वकपको टोलीमा १५ औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको खुलासा भएको छ ।
विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समावेश नगरेको भन्दै आलोचना भएपछि सामाजिक सञ्जालबाट क्यान अध्यक्ष चतुरबहादुर चन्दले
स्पष्टिकरण दिएका हुन् । यसमा आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएको समेत उनले दाबी गरेका छन् । उनले भिसा अप्लाई गर्नुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताएका छन् ।
‘क्यानले नै आईसीसीसँग समन्वय गरी १५ औं खेलाडी सन्दीप लामिछाने नै हो भनी पत्राचार गरेको र आईसीसीले स्वीकृति दिई यूएस एम्बेसी नेपाललाई सन्दीप नेपाल टिमको सदस्य भएकोले भिसा उपलब्ध गराइदिन सिफारिस गरेको थियो’, उनले भनेका छन् ।