दाङमा दुर्घटनामा परेका दुई जनाको उपचारको क्रममा मृत्यु

दाङ- दाङमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक बबई गाउँपालिका-४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँ निवासी बर्ष ३१ का साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएका हुन । उक्त दुर्घटनामा परी अटो चालक दाङ शान्तिनगर- ७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ । माेटरसाइकल तिब्रगतिमा गुड्दा दुर्घटना भएको प्रहरी स्राेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *