शिक्षक आफैले गर्छन् नियम उल्लंघन: सिक्टा विद्यालयका निमित्त प्रअको अग्रिम हाजिरी
शिव राज खनाल दाङ २६ साउन । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित माध्यमिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक विष्णु खत्रीले साउन महिनामै आउँदो भदौ २ गतेसम्मको हाजिरी अग्रिम भरेको खुलासा भएको छ । विद्यालयको आधिकारिक हाजिरी रजिष्टरमा साउन महिनाभरका साथै भदौको प्रारम्भिक दुई दिनको उपस्थिती विवरण पहिले नै भरीएको प्रमाणसहित फेला परेको हो ।…






