पौने ४ करोड र गरगहना सहित एकजना पक्राउ

घरसञ्चारकाठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले मंगलबार दिउँसो ठूलो मात्रामा नगद र सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले करिब तीन घण्टा लामो अपरेशन सञ्चालन गर्दै उक्त घरमा छापा मारेको थियो । अपरेशनका क्रममा प्रहरीले ३ करोड ७५ लाख रुपैयाँभन्दा बढी नगद…

Read More

श्रीमतीको हत्या गरि श्रीमान्‌ले घरभित्रै गाडेको अबस्थामा शव फेला

घरसञ्चार१७ भदौ, काठमाडौं । श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको हो । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा…

Read More

सामाजिक सञ्जालको प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या

घरसञ्चारदैलेख । सामाजिक सञ्जालबाट सुरु भएको प्रेम विवाहमा परिणत गर्ने बहानामा बोलाइएका युवाको भेटकै दिन हत्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मलेसियाबाट फर्किएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई प्रेमिका र उनका परिवारले मिलेर झोलुङ्गे पुलबाट खसालेर हत्या गरेका हुन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका शाही आफ्नी प्रेमिका २७ वर्षीया गंगा वनलाई भेट्न महावु गाउँपालिका–५ काशिकाँध…

Read More

दाङमा आत्महत्या दुरुत्साहन आरोपमा पाँच जना पक्राउ

घरसञ्चारदाङ, ६ भदौ । दाङ तुलसीपुरका मोवाइल ब्यबसायी दुर्गा भुषाललाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार पक्राउ परेका ब्यक्तीहरुको नाम भने खुलाईएको छैन । अन्य ब्यक्ती पनि यसमा संलग्न हुन सक्ने प्रहरीको भनाई छ । भुषालले लेखेको सुसाइड नोटका आधारमा उनीहरुलाई पक्राउ…

Read More

दाङमा जुवा खेल्दै गरेका ४ जुवाडे नगद सहित पक्राउ

घरसञ्चारदाङ । तुलसीपुरमा चार जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा नगद सहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा खटिएको सात जनाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ का…

Read More

चोरी भएको मोटरसाइकल एक सातापछि फेला, चार जना पक्राउ

घरसञ्चारदाङ। तुलसीपुरमा चोरी भएको मोटरसाइकल प्रहरीले एक सातापछि फेला पारेको छ ।सल्यान दार्मा गाउँपालिका–५ घर भई हाल तुलसीपुर–५ पिपलबोटमा मैना लुगा घर फेन्सी स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय रामबहादुर केसीको मोटरसाइकल गत साउन २२ गते दिउँसो १ बजे चोरी भएको थियो । पसल अगाडि पार्किङ गरी राखेको रा.४ प ६२२८ नम्बरको केटिएम डुके २…

Read More

४७ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन सहित दाङका युवक पक्राउ

घरसञ्चारदाङ । लागूऔषध खैरो हेरोइनसहित दाङका युवक नेपालगन्जबाट पक्राउ परेका छन् । जिप्रका बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-३ एकलाईनीबाट ४७ ग्राम ७ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय वीरबहादुर विकलाई गए राति पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले…

Read More

१ लाख १० हजार धरौटी बुझाएर रिहा भए गुण्डा नाईके चक्रे मिलन

घरसञ्चारकाठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो । बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश…

Read More

आफुलाई आक्रमण भएपछि नेपालगञ्जमा प्रहरीले गोली चलायो

घरसञ्चारदाङ, साउन ३० । बाँकेको नेपालगंज बसपार्कमा गोली चलेको छ ।प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिक भाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । घाइतेलाई नेपालगंजस्थित संजिवनी अस्पतालमा पुर्‍याइएको छ । प्रहरीका अनुसार उनी लागुऔषध कारोबारी हुन । प्रहरीले चार जना लागुऔषध कारोबारीलाई पनि नियन्त्रणमा लिएको छ । बाँकेका प्रहरी प्रमुख…

Read More

बाँकेमा २२ लाख रुपैया र लागुऔषध सहित एकजना पक्राउ

घरसञ्चार २८ साउन, बाँके । नेपालगञ्जमा प्रहरीले एकजनालाई लागू औषध सहित पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ उदयपुर बस्ने २८ वर्षीय रमेश लोनिया लागुऔषध सहित पक्राउ परेका हुन् । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी…

Read More