राप्ती गाउँपालिकालाई राप्ती उद्योग वाणिज्य संघद्वारा सम्मान
भिसुन शाहीभालुबाङ भदौ १९ । राप्ती उद्योग वाणिज्य संघले राप्ती गाउँपालिकालाई सम्मान गरेको छ । विशेष कार्यक्रमको आयोजना गरि बाणिज्य संघले पालिका अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण कर्मचारीलाई सम्मान गरेको हो । नेपाल अधिराज्य भरका ७५३ वटा पालिका मध्य दाङको राप्ती गाउँपालिका आधारभूत स्वास्थ्य सेवा क्षेत्रमा देशकै उत्कृष्ट पालिका घोषित भएको अवसरमा सम्मान गरिएको हो ।…





