प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिले…

प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिले
दुखहरण यादव, पत्रकार तथा युवा गजलकार
प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिले,
आफू रुँदै मलाई भक्कानिँदै रुवाउँदैछे सानिले।
थाहा थिएन, यस्तै होला जीवनको नयाँ मोडमा,
मनको जहाज कालो बादलमा उडाउँदैछे सानिले।
भनी मगमगाउँछ कुनै दिन— “जिन्दगीको बगैँचा मेरो”,
फक्रन नपाउँदै आफैं कोपिला सुकाउँदैछे सानिले।
मुटुदेखि मुटुसम्म रंगिएका थिए सब अंग-अंग,
छुटाई हात, प्रेमका पाइला अन्तै लम्काउँदैछे सानिले।
मन्द मुस्कान, निर्दोष नयन, सालिन सौन्दर्य जसको,
हातका मेहन्दी, आँखाका गाजल लो उतार्दैछे सानिले।
दुई दिनको प्रेमिल माया किन दियौ मेरी राधा तिमी?
छोडी एक्लै कालो कृष्णलाई, हेर्दै मुस्कुराउँदैछे सानिले।
दुखहरण यादव, पत्रकार तथा युवा गजलकार