आत्मनिर्भर बनाउन तालिम, ब्यबसायी बन्नुपर्नेमा जोड

घरसञ्चार
दाङ । लमही नगरपालिका वडा नं. ७ मा आयोजित तीन महिने सिलाईकटाई तालिमको एक समारोहका बिच समापन गरिएको छ ।
महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको थियो । समापन समारोहलाई संबोधन गर्दै लमही नगरपालिकाकि नगर उपप्रमुख लक्ष्मी योगीले महिलाहरूको सीप विकास नै दीगो विकासको आधार भएको बताईन । कार्यक्रमकि प्रमुख अतिथी समेत रहेकी उपप्रमुख योगीले स्थानीय सरकारले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता सीप विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाईन । हाम्रो उद्देश्य महिलाहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउनु हो । यो तालिम त्यसतर्फको महत्वपूर्ण पाइला हो उनले भनिन् । कार्यक्रममा नगरप्रबक्ता तथा ७ नम्बर वडाध्यक्ष मोहन गिरीले तालिममा सहभागी महिला दिदीबहिनीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । “वडाले आगामी दिनमा पनि साना उद्यम सञ्चालनका लागि आवश्यक तालिम, परामर्श र सहयोग उपलब्ध गराउनेछ । महिलाहरूले सिकेको सीपलाई व्यवहारमा रूपान्तरण गर्न सकुन् भनेर हामी योजना बनाइरहेका छौं उनले भने ।”

कार्यक्रममा वडा सदस्य उर्मिला चौधरीले स्वागत मन्तब्य ब्यक्त गर्दै तालिम सफलतापूर्वक सम्पन्न गर्न सघाउने सम्पूर्ण पक्षहरूलाई धन्यवाद व्यक्त गरिन् ।
तीन महिनासम्म सञ्चालन भएको उक्त सिलाईकटाई तालिममा वडाका ३० जना महिलाहरूको सहभागिता रहको थियो । तालिममा सहभागी सँगिता कुमारी चौधरीले तालिममार्फत सिलाईका विभिन्न सीपहरू सिक्न पाएकोमा खुसी ब्यक्त गरिन् । अब हामी आफ्नै व्यवसाय सुरु गर्न आत्मविश्वासी भएका छौं उनले भनिन्-वडा कार्यालय र पालिकालाई हामी धन्यवाद दिन चाहन्छौं जसले हाम्रा लागि यस्तो अवसर उपलब्ध गरायो ।” शुरुवातमा सिलाईप्रति झिनो अनुभव मात्र भएपनि तीन महिनाको निरन्तर अभ्यास र रुचिका कारण राम्रो स्तरको पोशाक सिलाउन सक्षम भएको चौधरीले बिश्वास ब्यक्त गरिन् ।

तालिम अवधिमा उनीहरूले महिला तथा बालबालिका, पुरूष तथा बालकका लागि आवश्यक लुगा सिलाउने, डिजाइन बनाउने, मापन लिने, सलाई काट्ने, सिलाउने जस्ता विषयहरूमा व्यवहारिक ज्ञान हासिल गरेका थिए । तालिम सकिएपछि सहभागीहरूले आफैं व्यवसाय सुरु गर्न सक्ने आधार तयार भएको सहभागीहरूको भनाइ छ । तालिम समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको प्रशिक्षिकामा शोभा श्रेष्ठ र दिलकुमारी घर्ती रहेका थिए । नगरप्रबक्ता तथा ७ नम्बर वडाका वडाध्यक्ष मोहन गिरीको अध्यक्षता एबम् लमही नगरकि उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । समापन कार्यक्रमको सहजिकरण वडासचिब शेरबहादुर चौधरीले गरेका थिए ।