गढवामा लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु, हिंसात्मक प्रबृत्तिको बिरुद्ध अपिल
आलोक भावुक गढवा,९ मङ्सिर । “प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्न थालिएको छ। प्रत्येक वर्ष नोभेम्बर…





