श्रीमतीको हत्या गरि श्रीमान्ले घरभित्रै गाडेको अबस्थामा शव फेला
घरसञ्चार१७ भदौ, काठमाडौं । श्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको हो । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा…





