आज सुनको भाउ : तोलाको २ लाख ५ हजार ९ सय रुपैया

घरसञ्चारकाठमाण्डौं, १७ भदौ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने अस्ति पनि सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको…

Read More

एक महिनामै ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

घरसञ्चारकाठमाण्डौं, १७ भदौ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार असार १५ देखि साउन १५ सम्मको एक महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा करिब २२ प्रतिशतले बढी हो । भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी करिब…

Read More

लुम्बिनी प्रदेशमा सात वर्षमा सात सय ४५ किलोमिटर नयाँ सडक

अमरराज आचार्यदाङ, १७ भदौ । लुम्बिनी प्रदेशमा सात वर्षको अवधिमा सात सय ४५ किलो मिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि ०८१/०८२ सम्म प्रदेशका बाह्र जिल्लामा सात सय ४५ किलोमिटर सडकको नयाँ ट्रयाक खोल्ने काम गरिएको हो । भौगोलिक क्षेत्रमा सडकको नयाँ ट्रयाक खोलिएसँगै…

Read More

लुम्बनी प्रदेशमा कानुन निर्माणको नयाँ अभ्यास

घरसञ्चारदेउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सीमान्तकृत वर्ग र समुदायका लागि आवश्यक सबै कानुन आफ्‌नो बाँकी कार्यकालभित्र ल्याउनका लागि समन्वय र तयारी गर्ने बताएका छन् । सीमान्तकृत समुदाय र समावेशी सिद्धान्त अनुसार आवश्यक पर्ने कानुन ल्याउनका लागि काम सुरु भइसकेको जानकारी दिँदै उनले भने,‘बरघर, मुक्त कमैया, दलित अधिकार,यौनिक अल्पसङ्ख्यका लागि चाहिने कानुन ल्याउनका…

Read More

गोरखामा ४ म्याग्निच्युडको भुकम्प

घरसञ्चारगोरखा, १७ भदौ । गोरखामा भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान सवा ६ बजे भूकम्प गएको हो ।भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन । यद्यपि सबै युनिटमा सम्पर्क गरेर बुझ्ने काम भइरहेको प्रहरीले जनाएको…

Read More

राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित

तुलबहादुर कवँर मगरदाङ, १७ भदौ । दाङको राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित भएको छ । संविधानमा उल्लेखित नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्ने दिशामा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालका ७५३ स्थानीय तहका…

Read More

राप्तीमा मुक्त कमलरीका लागि नीति, बजेट तथा कार्यक्रमबारे छलफल

तुलबहादुर कवँर मगरभालुबाङ, १६ भदौ । दाङको राप्ती गाउँपालिकामा सोमबार मुक्त कमलरीका लागि निर्माण भएका नीति, बजेट तथा कार्यक्रमबारे छलफल गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षता तथा मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा मुक्त कमलरीको अधिकार सुनिश्चितता, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर विस्तार लगायतका विषयमा छलफल गरिएको…

Read More

गुणस्तरहीन दूध बिक्री गर्ने घोराहीका नौ डेरी पसल कारबाहीमा

घरसञ्चारदाङ। घोराही उपमहानगरपालिकाले गुणस्तरहीन दूध बिक्री गर्ने नौ वटा डेरी पसललाई पाँच–पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको बजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही वडा नम्बर १५ मा रहेका ती डेरीहरुले नेपाल सरकारले तोकेको मापदण्डअनुसार गुणस्तर नभएको दूध बिक्री गरेको पुष्टि भएपछि कारबाहीमा कारबाही गर्ने निर्णय गरेको हो । स्थानीय बजार…

Read More

पानी साझा हो, अर्को प्रदेशले उपयोग गर्न पाउछन् : मुख्यमन्त्री आचार्य

घरसञ्चारलुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीको पानी साझा हुने बताएका छन् । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको दोस्रो समन्वय बैठक समापन पश्चात पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले कालिगण्डकी डाइभर्सन योजनालाई साझा रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।पानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ,´ उनले भने,तर गण्डकी नदी…

Read More

सामुदायिक विद्यालयको नतिजा सुधार हुनुपर्छ : मुख्यमन्त्री आचार्य

घरसञ्चार पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । मोहन कन्या माध्यमिक विद्यालय, तानसेन, पाल्पाको ७५ औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्दै उहाँले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रियाको प्रभावकारी कार्यान्वयनमार्फत मात्र सामुदायिक विद्यालयप्रति जनआस्था बलियो हुने उल्लेख गरे । ‘सामुदायिक विद्यालयले…

Read More