देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते
घरसञ्चार दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पती घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका-५ निवासी शोभाकर घिमिरे र उनकी श्रीमती ५३ वर्षीया विमला घिमिरे रहेका छन । दम्पती भारतको तुलसीपुरबाट लमही फर्किने क्रममा गढवा गाउँपालिका-५ जमुनीबास नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए…





