अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल महोत्सब लमहीमा हुँदै, तयारी तिब्र

घरसञ्चार

दाङ । अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल महोत्सब दाङको लमहीमा हुने भएको छ । बैशाख तेस्रो सातामा हुने १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ ।

अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका वडा नं. ५ लमही स्थित अजम्मरी सामुदायिक वनकाे आयाेजना तथा प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा यहि बैशाख १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो । उत्सवलाई सहभागीपूर्ण बनाउनका लागि हाल विभिन्न विद्यालयसँगको सहकार्यमा विद्यार्थीबाट लाटोकोसेरो तथा हुचिल संरक्षण सम्बन्धी चित्रकला, कबिता, निबन्ध संकलन, निमन्त्रणा लगायतका काम भइरहेको आयोजकले जनाएको छ । उत्सव जैविक विविधता ग्रिनपार्कमा हुदैछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *