दाङको गढवामा बाेलेराे जिप दुर्घटना, चारजना घाइते

शिवु खनाल

देउखुरी, ५ बैशाख । दाङको देउखुरी स्थित गढवामा बाेलेराे पिकअप जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

शनिबार दिउँसो करिब ३:५० बजे गढवा गाउँपालिका वडा नम्बर ८ चिसापानी स्थित बाेलेराे पिकअप जिप दुर्घटना हुदा चारजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए । चारजना मध्य एकजना गम्भीर घाइते भएका हुन् । काेइलाबासबाट गढवा तर्फ आउँदै गरेको रा १ च ७८० नम्बरको बाेलेराे पिकअव जिन ब्रेक फेल हुदा दुर्घटना भएको प्रहरी प्रमुख बमले बताए ।

दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ५६ वर्षिय (चालक) रामकृष्ण यादव, लमही नगरपालिका वडा नम्बर ५ गाेरक्ष टाेल निवासी ६० वर्षिय जगतनारायण चौधरी, लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ६७ वर्षिय भिमलाल चौधरी र लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी ५५ वर्षिय रामसुन्दर चौधरी घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरूको उपचारका लागि लमही अस्पतालमा पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *