किसानको सहजताका लागि लमही नगरले गर्यो तिन ठाउँबाट पशुसेवा शुरु

घरसञ्चार
दाङ । लमही नगरपालिकाले पशु शाखा कार्यालयको सेवा तिन ठाउँबाट दिन थालेको छ ।
मंगलवार लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पशु सेवा सुचारु गर्दै नगरपालिकाका तिन स्थानबाट पशु सेवाको सुरुवात गरिएको हो । औषधी उपचार, पशु प्रजनन्, घाँसको विउ विज वितरण, बाख्रा पकेट कार्यक्रम, नश्ल सुधार, घरदैलोमा प्राविधिक सहयोग, खोप लगायतका अन्य सेवा भने केन्द्रबाट गरिने छ । यसअघि पालिकाले वडा नम्बर ९ रिहारबाट पनि पशु सेवा दिईरहेको छ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले वडा नम्बर १ मा पशु शाखा कार्यालयको उद्घाटन गर्दै शाखाको सेवा केन्द्र विस्तारले सेवाग्राही नागरिकहरुमा संघीयताको थप अनुभूति दिलाएको बताए । उनले सेवा केन्द्र स्थापनासँगै सेवा प्रवाहमा सहजता मिल्ने विश्वास व्यक्त गरे ।
नगर प्रमुख चौधरीले लमही नगरपालिकाले विकास र समृद्धिका लागि स्थानिय सरकार सधैँ तत्पर रहेको प्रतिवद्धता जनाए । ‘यो क्षेत्र कृषि, पशुपालन र पर्यटनको हिसाबले समेत थुप्रै सम्भावना रहेको क्षेत्र हो । यसको विकासका लागि स्थानीय संघीय र प्रदेश सरकारसँग सहकार्य गर्न स्थानिय सरकार तत्पर छ, नगर प्रमुख चौधरीले भने,–। ‘यहाँको कृषि, पशुपालन र पर्यटन क्षेत्रको व्यवस्थापन र बजारीकरणका लागि पहलकदमी गर्न स्थानिय सरकार सधैँ साथमा छ ।’ ‘आर्थिक समृद्धिको लागी व्यवसायिक पशु पालननै हुनुपर्छ । त्यसका लागी किसानलाई सेवा पुर्याउन सेवा केन्द्र खोलिएको हो ।’
सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी पशु सेवा शाखाको सेवा केन्द्र विस्तार गरिएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले बताए । उनले सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको जानकारी दिए । ‘तत्कालका लागि प्रत्येक सेवा केन्द्रमा एक÷एक जना कर्मचारी व्यवस्थापन गरी दैनिक रुपमा सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ, उनले ने,–। ‘अन्य व्यवस्थापन विस्तारै गर्दै लगिनेछ ।’ उनले नागरिकलाई संघीयताको आभास दिलाउन तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको बताए । सेवा केन्द्रमा एकजना अधिकृत स्तरको प्राविधिक सँगै अन्य कर्मचारी पनि खटिने प्रशासकिय अधिकृत देवकोटाले जानकारी दिए ।
‘सेवा प्रदायक निकाय सेवा ग्राही नजिक पुग्ने अवधारणा अनुसार रिहारमा सेवा केन्द्र खोलिएको हो, उनले भने,–। ‘किसानलाई घरदैलोमा सेवा पुर्याउने अवधारणा अनुसार कार्यपालिकाको बैठकबाट निर्णय भए अनुसार सेवा केन्द्र खोलिएको हो ।’ कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १, का वडाध्यक्ष दामोदर पौडेलले स्थानीय पशुपालक किसानलाई बिनम्रतापूर्ण व्यवहार गरी पशुचौपाय बिरामी परेको बेला घरमै गएर पनि औषधि उपचार गर्न आग्रह गरे । उनले आगामी दिनमा पशुपालक किसानका लागि त्यहीँ पशु शिविर कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । लमही नगरपालिका वडा नम्बर १, २ र ३ का स्थानिय पशु पालक किसानहरुलाई सहज होस् भनेर वडा कार्यालयमा शाखा स्थापना गरिएको लमही नगरपालिका पशु सेवा कार्यालय प्रमुख शिवराज न्यौपानेले जानकारी बताए । उनका अनुसार अव स्थापना भएको शाखा कार्यालय पशु सेवा कार्यालयको रुपमा रहने छ ।
पालिका भित्रका नागरिकले जहाँबाट सहज हुन्छ सोही कार्यालयबाट सेवा लिन सक्ने छन्, उनले भने,–। ‘तिन ठाउँबाट सेवा प्रवाह हुँदा पनि कर्मचारीको समस्या नहुँने र शाखामा कार्यरत कर्मचारीलाई तिनै ठाउँमा बाडँफाड गरेर सेवा प्रवाह सुरु गरिएको हो ।’ पशु सेवा उप–शाखा लमहीका प्रमुख शिवराज न्यौपानेले भने,–। ‘लमहीबाट जे सेवा पाइन्छ । त्यही सेवा अव सुन्डबरीमा रहेको सेवा केन्द्रबाट पाइन्छ ।’ कार्यक्रममा लमही नगरपालिका पशु सेवा उप–शाखाका पशु डक्टर संजय श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पशु शाखा प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।