ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

घरसञ्चार
दाङ । लमहीको सतबरियामा ट्रकले ठक्कर दिँदा एकजना गम्भीर घाईते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक लमही नगरपालिका वडा नम्बर ९ जलकुण्डी निवासी पल बहादुर वली रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भे १ ख ३७७५ नम्बरको ट्रकले पश्चिमबाट लमही तर्फ आँउदै गरेको रा ४ प २२६० नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी सवा ८ बजे लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ बिद्यालय नजिक ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट वलीको टाउकोमा चोट लागि गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाईते भएका वलीलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको इप्रका अमिलियाले जनाएको छ ।