निजामती सेवा परामर्शका लागि लुम्बिनी प्रदेशले लोक सेवामा पठाउने

घरसञ्चार


दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमवार सम्पन्न भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो ।

सोही प्रस्तावको आधारमा बैठकले उक्त नियमावली प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *