लमही-९ मा महिलालाई उद्यमी बनाउन सिपमुलक तालिम

घरसञ्चार

दाङ । महिलाहरुलाई उद्यमी बनाउन साबुन र सर्फ बनाउने तालिमको आयोजना गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले वडाभित्रका ३० जना महिला हरुलाई साबु,सर्फ बनाउन सिकाईएको छ । तालिम सकिएलगत्तै आयआर्जनको बाटो पहिल्याउने गरी महिलालाई साबुन र सर्फ बनाउन सिकाइएको हो । ‘सीप प्रमाणमा मात्र सिमितका लागी यो कार्यक्रम गरेका होइनौँ, लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले भने,–। ‘सीप सिकेर ब्यबहारमा लागु गर्नुहो, आयआर्जनमा जोडिनुहोस ।’ उत्पादन गरेको सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने जनाउदै उनले बिपन्न समुदायको आर्थिक अबस्थामा तालिमले सहयोग गर्ने बताए ।

लमही नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आर्थिक सहयोग तथा कर्मठ सामाजिक उद्यमी महिला सहकारीको अयोजनामा तालिमको आयोजना गरिएको हो । वडाको वार्षिक कार्यक्रमअनुसार वडा अन्तरगत रहेका तीसजना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले जानकारी दिए ।

वडाबासीलाई आत्मनिर्भर बनाउने उद्वश्य सहित संचालित तालिम सात दिन सम्म चल्नेछ । सीप सिकेर परिवारको अर्थोपार्जनका लागि टेवा पुय्राउने उद्वेश्यले तालिमको आयोजना गरिएको कर्मठ महिला सहकारीले जनाएको छ । तालिम पश्चात् उत्पादित सामाग्रीलाई स्थानीय सरकार रहेको अनुभूति हुनेगरी बजारीकरणमा वडाले भुमिका खेल्ने वडाध्यक्ष केसीले बताए ।
महिला दिदी–बहिनीहरुलाई उल्लेखित प्रकृतिका तालिमहरुको माध्यमबाट स्वरोजगारको वातावरण सिर्जना गरी आत्मनिर्भर बनाउँदै लैजाने लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए ।
उनले राज्यको श्रोत र साधनको उपयोगबाट बञ्चित वर्गसम्म पुर्याइ अल्पकालिन तालिमहरु ग्रामिण समुदाय सम्म संचालन गरिने बताए । विशेषसीप रोजगार अवसर उपलब्ध गराई युवा वर्गको आय–आर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिने उनको भनाई छ । युवा तथा महिलाका लागि उद्यम बिकाश सँगै सीप मुलक तालिमको आबस्यक्ता रहेको उनले बताए । सिकेका कुरालाई व्यवहार लागू गर्न उनिहरुलाई उत्प्रेरणा जगाउनुपर्ने बताउँदै उनले ब्यसायिक बाटोमा डोहोर्याउन सरकारले कदम चाल्नुपर्ने आबस्यक्ता औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *