पुर्ब प्रधानमन्त्री देउबा दाङ आँउदै

घरसञ्चार
दाङ । पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबा दाङ आउने भएका छन ।

माघको २६ गते दाङको चखौरामा हुने महतवाहरुको सम्मेलनमा सहभागी हुन कांग्रेस सभापति समेत रहेका देउबा दाङ आउन लागेका हुन । पुर्ब प्रधानमन्त्री देउबा दाङ आउने कार्यक्रम निश्चित भएको नेपाली काँग्रेस दाङका जिल्ला सचिब बालिका लम्सालले जानकारी दिईन ।

त्यस्तै देउबाले माघको २७ गते राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अबलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ । देउबाले नब निर्मित बेशिक साईन्सको भबन उद्घाटन गर्नेपनि कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *