पिकअप गाडीको ठक्करबाट देउखुरीमा एकको मृत्यु

घरसञ्चार
दाङ । कुखुरा बोक्ने गाडीले ठक्कर दिदा देउखुरीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका-३ पुरन्धारा बस्ने बर्ष ४५ कि फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसालले जानकारी दिए । उनको टाउको र अनुहारमा गहिरो चोट लागेको र लमही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

शुक्रबार मध्यान्ह करिब १२ बजे सतबरियादेखी लमहीतर्फ आउँदै गरेको लु ३ च ३०९० नम्बरको ब्रोइलर कुखुरा बोक्ने गाडीले पुर्बपश्चिम राजमार्ग लमही नपा-७ कप्तानगञ्जमा ठक्कर दिएको प्रहरीको भनाई छ । मृतक चौधरी लमही-७ कप्तानगन्ज आफन्तकोमा आएर घर फर्किनका लागि उनिहरु सडक किनारमा बस कुरेर बसेका थिए ।
यस्तै पिकअपको ठक्करबाट लमही न.पा. ७ नयाँ बस्ति बस्ने बर्ष ६२ कि फुलपतिया चौधरी र सोही ठाउँ निवासी बर्ष ६५ कि उदेशनि चौधरी घाईते भएका छन । गाडी चालक लमही नगरपालिका -६ मध्यनगर निवासी वर्ष ३९ का देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *