तरुण दलको क्षेत्रिय बैठक सम्पन्न, प्रत्यक वडामा तरुणदल समिती गठन गर्ने निर्णय

घरसञ्चार
दाङ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ को बैठक बिहिवार लमहीमा सम्पन्न भएको छ ।
बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल समिती गठन गर्ने निर्णय गरेको छ । जसका लागि विभिन्न तरुण युवाहरुलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिईएको छ । जसमध्य राप्ती गाउँपालिकामा रामाधार यादव र बुद्दिराम घर्ती, गढवा गाउँपालिकामा दुखहरण यादव र शुवर्ण शाह, राजपुर गाउँपालिकामा प्रिया स्मृती गजमेर र युवराज गिरी, लमही नगरपालिकामा शुवर्ण शाह, प्रिया स्मृती गजमेर, नारायण आचार्य र युवराज गिरीलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिईएको तरुण दलका क्षेत्रिय सभापती किरण बिक्रम शाहले जानकारी दिए ।
राप्ती गाउँपालिकामा यहि फाल्गुन १० गते वडा नम्बर ३ मा सबै वडालाई सहभागी गराएर कार्यक्रम गर्ने निर्णय भएको छ । राजपुर गाउँपालिकामा माघ २६ गते वडा नम्बर २ मा १, २, र ३ नम्बरलाई समेट्ने गरि कार्यक्रम तय भएको छ भने २८ गते वडा नम्बर ५ मा ४, ५ र ६ नम्बरलाई समेटेर कार्यक्रम हुने भएको छ भने ३० गते वडा नम्बर ७ मा ७ नम्बरको कार्यक्रम गर्नेगरी मिति तय गरिएको सभापती शाहले बताए ।
त्यस्तै गढवा गाउँपालिकामा फाल्गुन ३ गते वडा नम्बर ३ मा १, २, र ३ र ४ लाई समेटेर कार्यक्रम हुने भएको छ भने फाल्गुन १० गते ६ नम्बर वडामा ५, ६, ७ र ८ नम्बरलाई सहभागी गराएर कार्यक्रम गर्ने तयारी थालिएको छ । लमही नगरपालिकामा कति गते कार्यक्रमको आयोजना गर्ने भन्ने बारे छलफल भैरहेको सभापती शाहको भनाई छ ।
अब दाङ -१ मा नेपाल तरुण दलले पार्टीसंग समन्वय गर्दै आफ्ना सबै प्रकारका गतिविधिलाई चलायमान गराउने छ, नेपाली कांग्रेस र कांग्रेसी नेतृत्वका साथमा तरुण दस्ता छ सभापती शाहले भने-तरुण नै शक्ति हो तरुण नै देशलाई आवश्यक पर्ने दस्ता हो भनेर बुझाउनु छ ।