नियतबस बदनाम गर्न खोजेको प्रति राजपुर गाउँपालिकाको आपत्ती

घरसञ्चार
दाङ । राजपुर गाउँपालिकाले हाडबासका अग्निपिडितका लागी काठमाण्डौ महानगरले उपलब्ध गराएको सहयोग रकम हिनामिना गरेको आरोप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफुलाई पत्रकार बताउने भोजराज थापा नामका एक ब्यक्तिले गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकिलाई बुधबार राती फोन गरि अग्निपिडितलाई दिएको रकम ‘झ्वाम’ पार्नुभयो भनी आपत्तीजनक प्रश्न गरेको पालिकाले जनाएको छ । त्यतीमात्र नभएर थापाले बिना स्वीकृत फोन गरेको भिडियो रेकर्ड नै आफ्नो फेसबुक आईडीमा सम्प्रेषण गरेका थिए ।

राती सुतेको समयमा फोन गरि काठमाण्डौका मेयर बालेन शाहले दिएको १० लाख रुपैया झ्वाम पार्नुभयो भन्दै आपत्तिजनक प्रश्न गरेको र बिना स्वीकृत नियतबस बदनाम गराउन भिडियो सम्प्रेशन गरेको प्रती पालिकाले आपत्ती जनाएको छ । पालिकाले बिहिबार कार्यालयमा पत्रकार सम्मेलन गरि आपत्ती जनाउँदै कारबाहीको माग समेत गरेको छ । पत्रकार आचारसंहिताको उल्लंघन गर्दै सत्यतथ्य नबुझी पालिकालाई बदनाम गराउन थापाले गरेको कार्य नियतबस रहेको पालिकाले सार्बजनिक गरेको बिज्ञप्तीमा उल्लेख छ ।

गाउँपालिकाका प्रबक्ता तथा ६ नम्बरका वडाध्यक्ष श्यामबहादुर रोकाको हस्ताक्षेरित बिज्ञप्तीमा कुनैपनि भिडियो सार्बजनिक गर्नुअघि सम्बन्धित ब्यक्तिसंग अनुमती लिनुपर्ने भएपनि नियतबस आफुलाई पत्रकार भन्ने भोजराज थापाले बदनाम गराउन सामाजिक संजालको दुरुपयोग गरेको बिज्ञप्ती मार्फत ठहर गरेको छ । सामाजिक संजाल ब्यबस्थित गर्ने सम्बन्धि निर्देशिका २०८० बिपरित अपमानजनक शब्दहरु प्रयोग गरेको, पत्रकार आंचारसंहिता २०७३ बमोजिम सत्यतथ्य नबुझी भिडियो प्रशारण गरेको, बैयक्तिक गोपनियता सम्बन्धी ऐन २०७५ बिपरित अनुमती नलिई भिडियो रेकर्ड गरेको भन्दै यस्तो घृणित कार्यको घोर भत्सर्ना गर्दछौँ बिज्ञप्तीमा भनिएको छ । बिज्ञप्ती सुनाउदै पालिकाका प्रबक्ता श्याम बहादुर रोकाले समयमै राहात रकम उपलब्ध गराउन नसक्नुमा पालिका कहिकतै चुकेको स्विकार गरे ।

घटना के भएको थियो ??

गत बैशाख १६ गते राजपुर-७ स्थित हाडबास गाउँमा बस्ति सखाप हुनेगरी आगालागी भयो ।
आगलागीबाट घरगोठ गरी करिब २३ वटा घर सखाप भए । गाउँ नै सखाप हुनेगरी भएको अप्रिय घटनापश्चात राहातका निम्ति राजपुर गाउँपालिकाले विभिन्न स्थानिय तह, सरकार, संघसंस्था समेतलाई सहयोगको अपिल गर्यो ।
केही ब्यक्ति तथा संघसँस्थाले गाउँमै पुगी सिधै अग्निपिडतलाई राहात पनि बाँडे । ठूलो घटना पश्चात् विभिन्न सञ्चार माध्यममा अप्रिय घटनाका समाचारहरु सम्प्रेशन भए । सोही बेला काठमाण्डौ महानगरले पनि राहात उपलब्ध गराउने मौखिक जानकारी आएपछि पालिकाले अग्निपिडितलाई सहयोग गरिदिनु हुन भन्दै महानगरलाई पत्र काट्यो । त्यसैको आधारमा महानगरले गाउँपालिकालाई राहात स्वरुप १० लाख रुपैया सहयोग गर्यो ।

गाउँपालिका मार्फत आएका राहात तथा नगदलाई पालिकाले गाउँपालिका भरि भएका अग्निपिडितलाई एकरुपता अनुसार बाँड्ने निष्कर्शमा पुग्यो । जसबेला सम्म राजपुर गाउँपालिका अन्तरगत विभिन्न क्षेत्रमा गरि ३६ वटा घर आगलागीबाट पुर्णरुपमा सखाप भईसकेका थिए । दाङको बिकटक्षेत्र मानिने राजपुरमा आगलागीको घटना बढ्दै गए । पीडा माथी पिडाले थलिएको राजपुर गाउँपालिकालाई निर्णय गर्न केही समय लाग्यो । काठमाण्डौ महानगरले पठाएको रकम तत्काल हाडबासका अग्निपिडितलाई बितरण गर्नेभन्दै गत जेष्ठ २१ गते कार्यपालिकाको बैठक बसी आबस्यक्ताको आधारमा जनही ५० हजार रुपैया उपलब्ध गराउने निर्णय गर्यो ।

जसका लागि सिस्टम अनुसार अग्निपिडितले आफुले निर्माण गरेका सँरचना र भुक्तानीका लागि आबस्यक कागजात पेश गर्नुपर्ने थियो । तर असार २३ हुँदा समेत अग्निपिडितबाट भुक्तानीका लागी कुनै किसिमको प्रक्रिया नथालिएकोले रकम खातामै सुरक्षित हुन पुगेको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकिले बताए । उनले अग्निपिडितले पाउनुपर्ने रकम उहाहरुले पाउने बताउँदै त्यसका लागि प्रक्रिया अपनाउन अनुरोध समेत गरे । असार २४ मा पालिकाको खाता बन्द भएको र नियतबस रकम नरोकिएको भन्दै उनले प्रकिया र सिस्टमले ढिला भएको बताए । यहि बिषयलाई लिएर सत्यतथ्य नबुझी पत्रकार भन्ने भोजराज थापाले नियतबस बदनाम गराउन खोजेको प्रति आपत्ती जनाए ।

प्रक्रियाबिना आफुहरुले रकम निकासा गर्न कठिनाई हुने भन्दै प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पाण्डेयले प्रकिया अपनाउनुपर्ने बताए । महानगरले पठाएको रकम सुरक्षित भएको र असार २४ सम्म भुक्तानीका लागि कुनै प्रक्रिया नआएकाले भुक्तानी गर्न असमर्थ भएको बताए । पाण्डेयले पालिकाको खाता सँचालन हुने तरखरमा भएको र अब छिट्टै प्रक्रियामा आएर भुक्तानीका लागि अनुरोध समेत गरे । उपाध्यक्ष धनपति यादबले अग्निपिडितका निम्ति आफुहरुको पहलमा राहात उपलब्ध गराउने सबैमा धन्यबाद ज्ञापन गरिन । उनले स्वतस्फुर्ट रुपमा राहात उपलब्ध गराउने सबैमा धन्यबाद ज्ञापन गर्दै जनताको दुखमा सबै आपसमा मिलेर मल्हम लगाउनुपर्ने बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *