लमहीका सडकमा जेब्रा क्रसिङ

घरसञ्चार
दाङ । चाडबाडमा हुने भिडभाड लाई लक्षित गरि दाङको लमही बजारका सडकहरुमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही बजारका भित्रि सडक र हाईबेमा समेत जेब्रा क्रसिङ बनाईएको हो । बजारका सडकहरुमा भएका जेब्रा क्रसिङ पुरानो भएकाले पैदल यात्रीहरु अन्यौलमा पर्ने र जसले गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै क्रसिङ सिंगनललाई पुन:कलर गरिएको हो । दुर्घटना न्युनिकरणका लागि लमही चेम्बर अफ कमर्सको आयोजना, वडा प्रहरी कार्यालय लमही, ट्राफिक प्रहरी लमही, ५ नम्बर वडा कार्यालय र सक्रिय युबा ब्यसायीहरुको सहकार्य संयोजनमा जेब्रा क्रसिङ कलर गरिएको हो ।

चाडबाड नजिकिदै गर्दा भिडभाड बढ्ने र क्रसिङ गर्दा पैदल यात्री अन्यौलमा परेर दुर्घटना हुने अबस्थालाई मध्यनजर गरि जेब्रा क्रसिङ पुन:कलर गरिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालले बताए । उनले चाडबाडको बेला कसैमा पनि अप्रिय घटना नघट्नाका निमित्त जेब्रा क्रसिङ बाट बाटो क्रस गर्नुपर्ने सझाए । साथै अध्यक्ष भुषालले चाडबाडको बेला चोरीका घटना बढ्ने भएकाले सबै ब्यबसायीहरुलाई सचेत हुन समेत आग्रह गरेका छन । लमहीका सक्रिय ब्यबसायी तथा समाजसेबी डिल्लिराज खनालले जेब्रा क्रसिङ निर्माण सह्राहनिय रहेको र यो अभियानमा आफू लगायत आफ्नो टिमपनि सहकार्यमा जुटेको बताए । “यो काम समाजको हितको निम्ति छ, यस्तो कामलाई सबैले समर्थन गर्दै साथ दिनुपर्छ समाजसेबी खनालले भने-हामी चेम्बर अफ कमर्स सँगै अभियानमा जुटेका छौँ ।”

जेब्रा क्रसिङ निर्माणको कार्य केहीदिन सम्म निरन्तर चल्नेछ । बजार खेल्न आउने हरु जेब्रा क्रसिङ मार्फत सडक पार गर्नुपर्ने भन्दै ट्राफिक प्रहरी कार्यालय लमहीले सबैमा अपिल गरेको छ । सडक सुरक्षा जीवनको रक्षा भएकाले सबैले सडक पार गर्दा जेब्रा क्रसिङ मार्फत पार गर्नुपर्ने ट्राफिक प्रहरी लमहीका प्रमुख प्रहरी सहायक निरिक्षक टेक बहादुर कुसारीले बताए । जेब्रा क्रसिङ नहुँदा पैदल यात्री लापरबाही तरिकाले सडकमा हिड्ने र जसले गर्दा ४० प्रतिशत बढि दुर्घटना जेब्रा क्रसिङको अभावले हुने गरेको पाईएको प्रमुख कुसारीले बताए ।

हुइँकिएर आएका गाडीलाई पनि कहाँ स्पिड कम गर्ने भनेर अलमल हुने र यसले दुर्घटना निम्तिने सम्भावना बढ्ने बताए । “जेब्रा क्रसिङ भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महसुस हुन्छ, लमही बजार भित्रका जेब्रा क्रसिङ चाँडै मेटिने भएकाले बढीमा तीन महिनाभित्रै रङ लगाउनु पर्ने हुन्छ प्रमुख कुसारीले भने-अस्पताल, विद्यालय, पसल र धेरै मान्छे ओहोरदोहोर हुने ठाउँमा पर्याप्त जेब्रा क्रसिङ हुनुपर्छ ।”
जेब्रा क्रसिङले विद्यालय क्षेत्र, मुख्य चोकहरुमा पैदल यात्रुलाई सहज हुनुका साथै सवारी गति नियन्त्रण गर्न सघाउनेछ ।