पुरानो भिडियो फेसबुकमा राखेकोप्रति निमित्त प्रधानाध्यापक बस्नेतको आपत्ती

घरसञ्चार
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ माध्यामिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक भरत बहादुर बस्नेतले सामाजिक संजालमा आफुलाई विवादित गराउन खोजेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
निमित्त प्रधानाध्यापक बस्नेतले शुक्रबार सामाजिक संजालमा केहि समय अगाडीको भिडियोलाई लिएर तथानाम लेखेको, आफुलाई विवादित गराउन खोजेको भन्दै विद्यालयका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई सचेत हुन अनुरोध गरेका छन । साथै निमित्त प्रधानाध्यापक बस्नेतले विद्यालयको पठनपाठन, अनुशासन, काम र कर्तव्यप्रति आफु सधै जिम्मेवार रहेको समेत उल्लेख गरेका छन ।
आफुले पालिकाले दिएको अधिकार र जिम्मेवारीलाई कुशलता पुर्वक निभाउने कुरामा कसैसंग सम्झौता नगर्ने साथै आफ्ना बिरुद्वमा तथानाम लेखेर विद्यालय जस्तो पवित्र संस्थालाई धमिल्याउन खोजे कानूनी प्रक्रियामा जाने पनि जानकारी गराएका छन ।