लमही जेसीजलाई एक सय प्रतिशत इफिसेन्सी अवार्ड

श्रवण कुमार यादव
देउखुरी । लमही जेसीजले एक सय प्रतिशत इफिसेन्सी अवार्ड प्राप्त गरेको छ ।

नेपाल जेसीजद्वारा प्रदान गरिने एक सय प्रतिशत इफिसेन्सी अवार्ड (कार्यक्षमता पुरस्कार) लमही जेसिजले प्राप्त गरेको हो । नेपाल जेसिजले गरेको परिपत्र अनुरुप सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको भन्दै लमही जेसिजले अवार्ड प्राप्त गरेको लमही जेसिजका अध्यक्ष मुकेश चौधरीले जानकारी दिए । २०२४ का अध्यक्ष जेसी मुकेश चौधरीले यस उपलब्धि बाफत कार्यसमिति, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, शुभचिन्तकहरू, र सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरेका छन् ।


यो अवार्डले लमही जेसिजलाई थप हौसला थपेको उनको भनाई छ । जेसिज युवाहरुको संस्था भएकाले समाज सुधारका लागि सचेतनामुलक कार्यक्रमदेखि अन्य कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । अध्यक्ष चौधरीले यो सफलताले लमही जेसीजको आत्मविश्वासलाई बलियो बनाएको र आगामी दिनमा पनि अझ प्रभावकारी कार्यहरू गरी यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *