लमहीको बजेट साढे ८४ करोड, राजपुरको ६६ करोड बढी

घरसञ्चार
दाङ । दाङको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको बजेट अनुमानित बजेट सार्वजनिक गरेको छ ।
सोमबारका नगरसभामा उक्त बराबरको बजेट प्रस्तुत गरिएको नगर प्रबक्ता मोहन गिरीले बताए । संघीय सरकारको समानिकरण अनुदान १४ करोड ६ लाख, संघीय राजश्व बाँडफाँड१४ करोड ६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख पाँच हजार, पूँजिगत तर्फ १० करोड २३ लाख, संघीय सरकार समपुरक अनुदान एक करोड ५० लाख, अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारको ११ करोड ९६ लाख, प्रदेशसरकारको समपुरक अनुदान १० लाख पाँचहजार,प्रदेश राजश्व वाँडवाँड सवारी कर १७ करोड ६९ लाख, आन्तरिक श्रोत आठ करोड १४ लाख, स्थानीय राजश्व बाँडफाँडबाट ६ करोड, प्रदेश सरकारको सशर्त अनुदान १० लाख पाँच हजार अनुमान गरिएको छ ।

ब्ययतर्फ नगरका प्रत्यक वडामा ७८/७८ लाख बजेट सिमा निर्धारण गरिएको छ । सभाले सबैभन्दा बढि प्रशासनिक खर्चमा १५ करोड सिमा निर्धारण गरेको छ । त्यस्तै समपुरक कोषमा ३ करोड, क्रमागत आयोजना ४ करोड, शिक्षा युवा तथा खेलकुदमा ३ करोड, स्वास्थ्यमा ५० लाख, कृषीमा ७० लाख, पशु सेवामा ५० लाख, लमही अस्पतालमा १ करोड, १० लाख रुपैया सँगै अन्य बिषयगत शाखाहरुमा बजेट सिमा तोकेको छ ।
सोमबार नगरको १५ औँ नगरसभामा नगरप्रमुख जोगराज चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । उपप्रमुख लक्ष्मी योगीको अनुपस्थितीमा प्रमुख चौधरीको आदेशानुसार आर्थिक शाखा प्रमुख तथा वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरीले बजेट प्रस्तुत गरिएका हुन ।

राजपुरको बजेट ६६ करोड बढि
त्यस्तै राजपुर गाउँपालिकाले पनि आर्थिक बर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेको छ ।
सोमबार सम्पन्न दोस्रो गाउँसभा तथा पाँचौ अधिबेसनले ६६ करोड, ६९ लाख, ५९ हजार, सातसय सतहत्तर रुपैया बजेट प्रस्तुत गरेको हो । संघिय सरकारको (बित्तिय समानिकरण र राजस्व बाँडफाँड तर्फ) २१ करोड ६६ लाख, प्रदेश सरकारको (बित्तिय समानिकरण र रावस्व बाडफाड तर्फ) १ करोड ६५ लाख ३० हजार, आन्तरिक आय (आन्तरिक श्रोत, स्थानिय राजस्व र मौज्दात) तर्फ १२ करोड ८५ लाख ७० हजार, पालिकाबाट ३६ करोड १७ लाख र प्रदेश तथा संघिय हस्तान्त्रण तर्फबाट ३० करोड ५२ लाख ५९ हजार सातसय सतहत्तर रुपैया बजेट निर्धारण गरिएको छ ।

पालिकाले कृषितर्फ २० लाख, शिक्षा युवा तथा खेलकुद तर्फ ८० लाख, पशुपञ्छि तथा मत्स्य तर्फ ४० लाख, स्वास्थ्य तर्फ ६० लाख, प्रशासनिक तर्फ १४ करोड २६ लाख लगायतका विभिन्न शिर्षकमा बजेट खर्च गरिने सभाले जनाएको छ । सभाले प्रत्यक वडामा ९० लाख हाराहारीका दरले बजेट बिनियोजन गरेको छ । राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन भने उपाध्यक्ष धनपती देबी यादबले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए ।