महिलाहरुलाई सहकारी र उपभोक्तालाई खाद्य सम्बन्धी तालिम

घरसञ्चार
दाङ । लमही नगरपालिका वडा नम्बर ७ मा सहकारीमा आबद्ध महिलाहरुलाई सहकारी संस्थागत बिकाश तालिम दिईएको छ ।

वडामा अबस्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थामा रहेका महिलाहरुलाई तालिम शुरु गरिएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षले सहकारी देशको समृद्धिको खम्बा भएको बताए । सहकारी मार्फत रोजगार गरेर आम्दानी तर्फ केन्द्रित हुन उनले सुझाए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले तालिममा सिकेका कुरालाई ब्यबहारमा लागू गर्दै समग्र आत्मनिर्भर बन्न सहकारीलाई जोगाई राख्नुपर्ने उनले बताए । कतिपय सहकारीहरु बन्दको अबस्थामा रहेर रोजगारको ह्रास भएको महसुस गर्दै उनले सहकारीले आत्मनिर्भर बन्न बनाउन पनि सहकारीलाई बचाई राख्नुपर्ने बताए ।

दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकि अध्यक्ष पुनम घर्ती गिरीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । जनतासँग उपमेयर कार्यक्रम अन्तरगत लमही नगरपालिकाको आयोजनामा २ दिने तालिम सञ्चालन गरिएको छ । तालिममा सहकारीका काम कर्तब्य, ऐन नियम, बचत तथा अभिलेख सम्बन्धी प्रशिक्षण दिईएको थियो । वडा सचिब शेर बहादुर चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कमर्यक्रममा घोराही उपमहानगर पालिकाका सहकारी प्रमुख प्रेम बहादुर केसी र सहकारी संघ दाङका लेखा संयोजक हेमलाल भुषाल प्रशिक्षकमा छन । कार्यक्रमको सञ्चालन लमही नगरपालिकाका सहकारी प्रमुख लक्ष्मी सुबेदीले गरेकि हुन ।

उपभोक्ता सचेतना तालिम

सोही वडामा बुधवार उपभोक्तालाई सचेत गराउँदै खाद्य सम्बन्धी तालिम दिईएको छ । वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सचेतना कार्यक्रम भएको हो । वडाका उपभोक्ताहरुलाई हरेक कुरामा जागरुक तथा ऐन नियम सम्बन्धी खाद्य तालिम दिईएको थियो । सामान खरिद गर्दा त्यसमा उपभोक्ता सचेत हुनुपर्ने कुरामा जोड दिईएको थियो । मिति सकिएका खाद्यान्न हरु खरिद गर्न सकिने हुँदा त्यसतर्फ सचेत हुन आग्रह गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *