पत्रकार महासंघ दाङको अध्यक्षमा युनियन बाट सन्तोष सुबेदी भिड्दै

घरसञ्चार
दाङ । नेपाल प्रेस युनियन दाङले सन्तोष सुवेदीलाई पत्रकार महासंघको अध्यक्षको उम्मेद्वारमा अघि सारेको छ ।

प्रेस युनियन दाङले युनियनका निर्वतमान अध्यक्ष सन्तोष सुबेदीलाई नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको कार्यदलको बैठकले महासंघका उपाध्यक्ष सुबेदीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अध्यक्ष खड्काको संयोजकत्वमा गठित उम्मेदवार छनोट कार्यदलमा युनियनका उपाध्यक्षहरु गोपाल शर्मा भट्टराई, किरण शाह, पार्वती बस्नेत र सचिव अमर क्षितिज भण्डारी छन् । कार्यदलको बैठकले युनियनको नेतृत्व गर्दै सुबेदीलाई महासंघमा पठाउने निर्णय गरेपनि अर्को बैठकबाट अन्य उम्मेदवारहरुको टुँगो लगाउने निर्णय भएको सचिव भण्डारीले बताए । महासंघको निर्वाचन यही असार २२ गतेका दिन तोकिएको छ । युनियन जिल्लाको सबै भन्दा ठूलो संगठन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *