राप्तीमा विपद् तथा जलवायु उत्थानशील योजना सम्बन्धी अभिमुखीकरण
तुलबहादुर कवँर मगर भालुबाङ, ३० असोज । दाङको राप्ती गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सि.डि.एम. नेपालको आयोजना, राप्ती गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय तहमा विपद् व्यवस्थापन र जलवायु उत्थानशील योजनालाई प्रभावकारी बनाउन विभिन्न विषयमा छलफल गरिएको थियो ।गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको…






