राप्तीका किसानले पाए ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

तुलबहादुर कवँर मगर मसुरिया, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा २ सय ३ क्विन्टल ४० केजी उन्नत जातको गहुँको बिउ वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गर्नुका साथै कृषकहरूको आर्थिक बोझ कम गर्ने उद्देश्यले पालिकाले बिजय, बाणगंगा र गौतम जातका बीउ वितरण गरेको हो । कृषि शाखा प्रमुख बरसाती गडरियाका…

Read More

राप्तीमा बिहान ८ बजेदेखि मतदाता नामावली सम्बन्धीको सेवा सुचारु

तुलबहादुर कवँर मगर मसुरिया, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले आगामी कार्तिक २६ गते बुधबार देखि बिहान ८ बजेदेखि नै मतदाता नामावली सम्बन्धी सेवा सञ्चालन गरेको छ । सेवाग्राहीको चाप र दिउँसो सर्भरमा देखिने प्राविधिक समस्याका कारण बिहानैदेखि सेवा सुरु गरिएको सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले जानकारी दिए ।गाउँपालिकाले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ…

Read More

गढवामा शून्य होम डेलिभरीका लागि वडा नं. ५ छनोट

आलोक भावुक गढवा, २५ कार्तिक । दाङको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा तथा सुनिश्चितता घोषणा गर्नका लागि छनोट…

Read More

राप्तीमा विपद् तथा जलवायु उत्थानशील योजना सम्बन्धी अभिमुखीकरण

तुलबहादुर कवँर मगर भालुबाङ, ३० असोज । दाङको राप्ती गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सि.डि.एम. नेपालको आयोजना, राप्ती गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय तहमा विपद् व्यवस्थापन र जलवायु उत्थानशील योजनालाई प्रभावकारी बनाउन विभिन्न विषयमा छलफल गरिएको थियो ।गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको…

Read More

शान्ति सुरक्षा, अपराध नियन्त्रणका लागि सहकार्य आबस्यक

टेकबहादुर पुन दाङ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम लमहीमा सम्पन्न भएको छ । कार्यक्रम स्थानीय तह, सुरक्षा निकाय, संघ–संस्था तथा नागरिक समाजबीचको सहकार्यमा सम्पन्न भएको हो । समाजमा बढ्दो अपराध, लागूऔषधको दुरुपयोग, विपद् व्यवस्थापन, आत्मदाह र सेवा प्रवाह सुधारका विषयमा गहिरो छलफल…

Read More

आशाका किरण संस्थाको तेस्रो अधिवेशन, अध्यक्षमा दिवस आचार्य चयन

ओमप्रकाश गुप्ता भालुवाङ २८ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यस अघि वरिष्ठ उपाध्यक्ष थिए । यस अघिका अध्यक्ष अशोक बेल्वासे वैदेशिक रोजगारीका शिलशिलामा विदेश गएपछि आचार्यले कार्यवाहक…

Read More

राप्तीमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बैठक सम्पन्न

तुलबहादुर कवँर मगर भालुबाङ, २७ असोज । दाङको राप्ती गाउँपालिकामा “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सोमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा…

Read More

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

घरसञ्चार दाङ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो । नेपालगञ्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको हो । आइतबार मुख्यमन्त्री चेतनारायण…

Read More

गढवामा पोषण तथा खाद्य सुरक्षा समिति र सरोकारवालाबीच छलफल

आलोक भाबुक गढवा, २५ असोज । पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाअन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा गाउँपालिकाभित्र बढ्दो कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । छलफलमा बोल्दै…

Read More

दाङका प्रजिअ अर्याल र जिल्ला प्रहरी प्रमुख श्रेष्ठलाई लमहीमा स्वागत

टेकबहादुर पुन दाङ । दाङका प्रमुख जिल्ला अधिकारी बिशवप्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठलाई लमहीमा स्वागत गर्दै भेटघाट गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले जिल्लामा हालै सरुवा भई आएका (प्रजिअ) विश्व प्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख (जिप्रका प्रमूख) श्रेष्ठलाई स्वागत तथा भेटघाट कार्यक्रमका माध्यमबाट सम्मान गरिएको हो । संघले बुधवार…

Read More