नेपाली काँग्रेस युवा समर्थकहरुद्वारा रक्तदान–जीवनदान कार्यक्रम सम्पन्न
घरसञ्चार देउखुरी । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत् रक्तदान–जीवनदान कार्यक्रम’ शुक्रबार सफलतापूर्वक सम्पन्न गरेका छन । नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा ३० जना भन्दा बढी युवाहरूले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्याएका छन् । कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरूले रक्तदानलाई मानव जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित महान् कार्य रहेको भन्दै जनसहभागिताको प्रशंसा…





