राप्तीमा धान खरिद सुरु, किसानले पाए समर्थन मूल्यको राहत
तुलबहादुर कवँर मगर मसुरिया, ७ मंसिर । दाङको राप्ती गाउँपालिकामा आइतबारदेखि यस वर्षको धान खरिद प्रक्रिया सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले गाउँपालिकाको समन्वयमा धान खरिद कार्य सुरु गरेको हो । खरिद कार्य शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले किसानले अब सरकारी समर्थन मूल्यअनुसार धान बिक्री गर्न पाउने…





