gharsanchar557

पत्रकारितामा एआई : एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ-पाेखरेल

टीकाबहादुर बस्नेत दाङ । नेपाल पत्रकार महासंघ दाङले ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे । उनका अनुसार प्रविधिलाई डर…

Read More

प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुकाे आशा पलाएको छ: मुख्यमन्त्री आचार्य

घरसञ्चार बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् । आइतबार विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।मुख्यमन्त्री आचार्यले पछिल्ला ६-७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै…

Read More

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

घरसञ्चार दाङ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो । नेपालगञ्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको हो । आइतबार मुख्यमन्त्री चेतनारायण…

Read More

विभेदरहित संस्कृति निर्माणमा साहित्य कलाकाे भूमिका : सभामुख घर्ती

गुरुप्रसाद कुमाल ‘बुलबुल’ देउखुरी, असोज २६ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालबाट १२ जिल्लामा गरिने जिल्लाव्यापि कार्यक्रमहरुकाे मासिक शृङ्खला दाङ जिल्लाकाे भक्ति थापा स्मृति पार्कमा शनिबार सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा दाङ जिल्लामा साधनारत नारी स्रष्टाहरुकाे पहिचान र याेगदान विषयमा सन्ध्या रेग्मी र विभेदरहित सँस्कृति निर्माणमा साहित्य र कलाकाे भूमिकाकाे विषयमा ऋषि आजादले कार्यपत्र प्रस्तुत…

Read More

गढवामा पोषण तथा खाद्य सुरक्षा समिति र सरोकारवालाबीच छलफल

आलोक भाबुक गढवा, २५ असोज । पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाअन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा गाउँपालिकाभित्र बढ्दो कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । छलफलमा बोल्दै…

Read More

लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्न सबै मन्त्रालयलाई निर्देशन

घरसञ्चार दाङ । देशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सिमा मानी योजना, कार्यक्रम कार्यन्वयनमा लैजान र मितव्ययिता…

Read More

पत्रकारले आस्था होइन, तथ्य बोल्नुपर्छ: अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगर भालुवाङ, २४ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारहरूलाई राजनीतिक आस्था भन्दा माथि उठी सत्य र तथ्यका आधारमा समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएका छन । राप्ती प्रेस मञ्चले तिहार, छठलगायतका पर्वको अवसर पारेर शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा मञ्चको स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले पत्रकारले आस्थाकाे…

Read More

गढवामा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको सेरामिक प्रदर्शनी

आलोक भावुक गढवा, २४ असोज । गढवा गाउँपालिकाको छात्रवृत्तिमा अध्ययनरत तीन विद्यार्थीले बनाएका आकर्षक सेरामिक सामग्रीहरूको प्रदर्शनी शुक्रबार गढवामा सम्पन्न भएको छ । माटाका भाँडाको परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै गढवा गाउँपालिकाले गढवालाई सेरामिक उद्योगको केन्द्र बनाउने दीर्घकालीन योजना अघि बढाएको हो। काठमाडौं विश्वविद्यालयको क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययनरत विद्यार्थी ज्ञानबहादुर थारु कुमाल वडा नम्बर १,…

Read More

दाङका प्रजिअ अर्याल र जिल्ला प्रहरी प्रमुख श्रेष्ठलाई लमहीमा स्वागत

टेकबहादुर पुन दाङ । दाङका प्रमुख जिल्ला अधिकारी बिशवप्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठलाई लमहीमा स्वागत गर्दै भेटघाट गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले जिल्लामा हालै सरुवा भई आएका (प्रजिअ) विश्व प्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख (जिप्रका प्रमूख) श्रेष्ठलाई स्वागत तथा भेटघाट कार्यक्रमका माध्यमबाट सम्मान गरिएको हो । संघले बुधवार…

Read More

“यादव चन्द्रिका प्रज्ञा पुरस्कार”काे अक्षयकोषमा रकम थप

गुरुप्रसाद कुमाल ‘बुलबुल’ देउखुरी । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, दाङले सञ्चालन गर्दै आएको “यादव चन्द्रिका प्रज्ञा पुरस्कार”काे अक्षयकोषमा रकम थप गरिएको छ । वरिष्ठ साहित्यकार गंगानाथ काेइरालाले अक्षयकोषमा रकम थप गरेका हुन् । साहित्यकार गंगानाथ काेइरालाले आफ्नो बुवाआमाकाे नाममा स्थापना गरेको यादव चन्द्रिका प्रज्ञा पुरस्कारकाे अक्षयकोषमा २१ हजार १०५ रुपैयाँ थप गरि ५१ हजार…

Read More