gharsanchar557

माघ ७ गतेदेखि लमहीमा तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सव हुने

घरसञ्चार देउखुरी । स्वरोजगार, आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धनलाई मुख्य उद्देश्यका साथ लमहीमा कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुने भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिन पार्कमा माघ ७ गतेदेखि १६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । सोमबार लमहीमा आयोजित पत्रकार…

Read More

गढवा गाउँपालिकाको १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन सुरु

आलोक भावुक गढवा, २७ पुष । दाङको गढवा गाउँपालिकाको १८ औँ गाउँसभा तथा हिँदे अधिवेशन आईतबारदेखी शुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम अधिवेशन शुरु भएको हो । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको…

Read More

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बृहत् सरसफाई, मैदानको रूप फेरियो

टेकबहादुर पुन देउखुरी । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बृहत् सरसफाई गरिएको छ । लामो समयदेखि झार-जंगलले ढाकिँदै जाँदा अस्तव्यस्त देखिएको क्रिकेट मैदान सरसफाईपछि पुनः सुन्दर र आकर्षक बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिका लागि महत्वपूर्ण मानिने उक्त रंगशालालाई सफा, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यले बृहत् सरसफाई कार्यक्रम आयोजना गरिएको हो । सरसफाई…

Read More

नेपाल उद्यान महासंघकाे अधिवेशन, दाङबाट तिनजना केन्द्रीय सदस्यमा निर्वाचित

शिवु खनाल बुटवल, २६ पुस । नेपाल उद्यान महासंघकाकाे प्रथम अधिवेशनबाट दाङका तिनजना केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । नेपाल उद्यान महासंघकाे पुस २५ र २६ बुटवलमा भएको प्रथम राष्ट्रिय अधिवेशनमा अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्कको नेतृत्व गर्दै अधिवेशनमा सहभागी हुनु भएका सामुदायिक वनका अध्यक्ष पवन शर्मा…

Read More

होटल ब्यबसायी समिती लमहीको अधिबेशन, अध्यक्षमा पाण्डे निर्बाचित

टेकबहादुर पुन देउखुरी । होटल व्यवसायी समिति लमहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन लमहीमा सम्पन्न भएको छ । अधिबेसनले हिमन्त प्रसाद पाण्डेको नेतृत्वमा नया कार्यसमिती चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा नरेन्द्र वहादुर बस्नेत र बाबुराम खनाल पर्यटन उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्षमा पार्बता केसी, सचिवमा राजेन्द्र पाण्डेय, कोषाध्यक्षमा श्याम बहादुर कुँवर,…

Read More

प्याब्सनको ३५ औं स्थापना दिवसमा गढवा गौशालालाई सहयोग

आलोक भावुक गढवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गढवाले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रलाई आवश्यक सामग्री सहयोग गरेको छ । मंगलबार प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेको नेतृत्वमा गढवा गाउँपालिका-६ मनिकापुरस्थित गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रमा पुगेर गौ माताको संरक्षण तथा सेवा…

Read More

राप्ती गाउँपालिकाको आठौँ अधिवेशन सुरु, तीन महत्वपूर्ण विधेयक पेश

तुलबहादुर कँवर मगर मसुरिया, २४ पुस । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशनको सुरु भएको हो । अधिवेशनको पहिलो बैठकमा…

Read More

लमही नगरपालिकाको १८ औँ नगरसभा, महत्वपुर्ण दुई बिधेयक पारित

टेकबहादुर पुन देउखुरी । लमही नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभाले चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै सार्वजनिक गरेको छ । नगरसभापछि नगरप्रवक्ता मोहन गिरीले पत्रकार सम्मेलनमार्फत नगरसभाबाट भएका निर्णयहरू सार्वजनिक गरेका हुन । नगरसभामा उपप्रमुख लक्ष्मी योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन…

Read More

वन्यजन्तु संरक्षणमा भुमिका निर्वाह गरेको भन्दै पत्रकार खनाल सम्मानित

घरसञ्चार देउखुरी । पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित भएका छन् । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित भएका हुन् । वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार भन्दा बढि विषालु, अविषालु सर्पकाे…

Read More

कर्रि सामुदायिक वन लमही-७ को २५ औँ साधारणसभा सम्पन्न

घरसञ्चार देउखुरी । लमही नगरपालिका–७ बनघुस्रीस्थित कर्रि सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब-डिभिजन वन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिवश परियारले सामुदायिक वन उपभोक्ता समूह वन…

Read More