‎देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङको जुनियर बेल्ट ग्रेडिङ सम्पन्न

निराजन यादव

‎लमही । लमही-६ देउपुर स्थित देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङको जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । ‎विद्यालयका तेक्वान्दो प्रशिक्षक कुविर गिरीको सभापतित्व तथा देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक भू-माण्डप के.सी.को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

‎कार्यक्रममा जुनियर बेल्ट ग्रेडिङका प्रमुख प्रशिक्षकका रूपमा तेक्वान्दो प्रशिक्षक ऋषिराज चौधरी रहनुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक-कर्मचारी, अभिभावक तथा तेक्वान्दो खेलाडी विद्यार्थीहरूको सहभागिता रहेको थियो । ग्रेडिङ कार्यक्रममा विद्यार्थीहरूले आफ्नो स्तरअनुसार विभिन्न तेक्वान्दो सीप तथा कला प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *