बञ्चरो प्रहारबाट दाङको राजपुरमा एकजनाको मृत्यु

घरसञ्चार

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको विवादका क्रममा यादवमाथि बञ्चरो प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनापछि आरोपी इश्वर हरिजन फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जनाएको छ । मृतकको शव घटनास्थलमै रहेको र घटनाको कारण, विवादको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *