गढवामा सार्वजनिक सुनुवाइ: सेवा सुधार र विकासमा जोड

आलोक भावुक

गढवा ३२ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाको सावैजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा शुक्रबार सम्पन्न भएको छ ।

गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि चैत्र महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले पालिकाले आर्थिक वर्ष २०८२/०८३ वित्तीय प्रगति (आमदानी) प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै संघ संस्था, राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, नदीजन्य पदार्थको चोरी तस्करी रोक्ने बारेमा सुझबुझका साथ सार्थक र उपलब्धि मुलक भए नभएको वारे मुल्यांकन गरी सेवा प्रवाह गर्न सुझाव दिएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका सबै वडामा भएका कार्यक्रमहरुको प्रगति र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । साथै पालिकाको बिभिन्न शाखामा भएको प्रगतीको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय समुदायले गाउँपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायबाट जनप्रतिनिधि तथा विषयगत प्रमुखवाट दिईएको थियो । गाउँपालिकाले श्रावण देखि चैत्र महिनासम्म आर्थिक वर्ष २०८२/०८३ गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा , प्रमुख प्रशसकिय अधिकृत कृष्ण प्रसाद पौड्याल, वरिष्ठ लेखा अधिकृत खिमलाल वली, २ नम्बर वडाध्यक्ष भक्तु चौधरी, ३ नम्बर वडाध्यक्ष तुलसीराम अधिकारी, ४ नं. वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ७ नं. वडाध्यक्ष राहुल देव चौधरी, त्यसैगरी कार्यपालिका सदस्यहरु, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, गढवा गाउँपालिका विभिन्न शाखाका प्रमुख,सरोकारवाला, महिला समूह, कृषि समूह, टोल विकास संस्था,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा बहुमुखी क्याम्पसका प्रमुख बिकास रजौरे, जनता राष्ट्रिय स्वतन्त्र पार्टीका मुबारक अलि, शिक्षक कमला पौडेल, सीपि नेपालकी सरिता चौधरी, शिक्षक सोभाराम यादव, राष्ट्रिय जनमोर्चाका कपिल देव खनाल, नेकपा एमाले नेता दामोदर ढुङ्गाना, स्थानीय युवा रमेश चौधरी , निराजन यादव, शेष राम यादव, उद्यमी महिला समूहकी रमली चौधरी,जनता समाजवादीका नेता महबुब अलि, लगायतकाले सल्लाह सुझाव, गुनासा तथा आउनेदिनमा के कस्ता कार्यक्रम र कसरी अघि बढ्ने बारे बिचार राखेका थिए । गढवा गाउँपालिकाको आयोजना तथा आविष्कार मिडिया प्राइभेट लिमिटेड देउखुरीको सहजिकरणमा सम्पन्न भएको हो ।

गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएक दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार नेपाल टेलिभिजनका लुम्बिनी प्रदेश प्रतिनिधि दशरथ घिमिरेले गर्नुभएको थियो भने पत्रकार तथा रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव, युगबोध राष्ट्रिय दैनिकका शिवराज पन्थी, गणतन्त्र नेपाल डटकमकी संबाददाता पुष्पा पौडेल, गढवा गाउँपालिका प्रेस संयोजक उमानाथ यादव (आलोक भावुक) को साथ सहयोग, समन्वय र सहजीकरणमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *