“यादव चन्द्रिका प्रज्ञा पुरस्कार”काे अक्षयकोषमा रकम थप

गुरुप्रसाद कुमाल ‘बुलबुल’

देउखुरी । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, दाङले सञ्चालन गर्दै आएको “यादव चन्द्रिका प्रज्ञा पुरस्कार”काे अक्षयकोषमा रकम थप गरिएको छ ।

वरिष्ठ साहित्यकार गंगानाथ काेइरालाले अक्षयकोषमा रकम थप गरेका हुन् । साहित्यकार गंगानाथ काेइरालाले आफ्नो बुवाआमाकाे नाममा स्थापना गरेको यादव चन्द्रिका प्रज्ञा पुरस्कारकाे अक्षयकोषमा २१ हजार १०५ रुपैयाँ थप गरि ५१ हजार १०५ रुपैयाँ पुर्‍याएका हुन । उक्त पुरस्कार देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, दाङले आगामी वर्षदेखि प्रत्येक वर्ष साहित्यमा विशेष याेगदान गरेका व्यक्तित्वहरुलाई प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *