जिल्ला विशेष स्रष्टा सम्मानका लागि लमहीमा तयारी बैठक सम्पन्न

गुरुप्रसाद कुमाल ‘बुलबुल’
देउखुरी । दाङ जिल्ला विशेष तथा स्रष्टा सम्मानका लागि लमहीमा तयारी बैठक सम्पन्न भएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला शाखाले असाेज २५ गते जिल्ला विशेष तथा स्रष्टा सम्मान कार्यक्रमकाे आयोजना गरेको छ । सोही कार्यक्रमको तयारीका लागि प्रतिष्ठानको जिल्ला शाखा दाङ र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको संयुक्त बैठक लमहीमा सम्पन्न भएको हो । जिल्लाले आयाेजना गर्ने उक्त कार्यक्रमलाई लुम्बिनी वाङ्मय प्रतिष्ठान केन्द्रीय समितीको सहकार्य र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले संयाेजन एवं समन्वय गर्ने निर्णय भएको छ ।
बैठकले दाङ जिल्लामा क्रियाशील साहित्य, कला, संगीत तथा संस्कृतिका साधकहरु थारू समुदाय, अवधी समुदाय र एक जना महिला गरि तीन जना स्रष्टाहरुलाई सम्मानका लागि सिफारिस गर्ने निर्णय गरेको छ । असाेज २५ गते भक्ति थापा स्मृति पार्क राताेडाँडामा आयाेजना हुने उक्त कार्यक्रममा थारू सांस्कृतिक प्रस्तुतिका लागि साहित्यकार शिवहरि चाैधरी र शनिराम चाैधरीलाई अनि अवधी सांस्कृतिक प्रस्तुतिका लागि गीतकार तथा गायक रामगोपाल यादव र केशरी यादवलाई जिम्मेवारी दिइएको छ । साथै “दाङका नारी स्रष्टा” शीर्षकको कार्यपत्र प्रस्तुतिकाे जिम्मा साहित्यकार सन्ध्या रेग्मीलाई दिइएको छ ।
साथै, दाङ जिल्लामा क्रियाशील साहित्य, कला, संगीत तथा संस्कृतिका साधकहरु थारू समुदाय, अवधी यसका साथै उक्त कार्यक्रममा खाजा तथा जलपान व्यवस्थापनका लागि विजया पाेखरेल, राधा गाैतम र शंकर पाण्डेयलाई जिम्मेवारी दिइएको छ । कार्यक्रममा साहित्यकारहरु – रविलाल आचार्य, शंकर पाण्डेय, हरि पाेख्रेल, हरिकृष्ण ज्ञवाली, गंगानाथ काेइराला, बालमुकुन्द आचार्य, राधा गाैतम, याेगमाया शाही, दीपा खत्री, खगेश्वर शर्मा, गिरिराज खनाल, शिवहरि चाैधरी, निमबहादुर थापा, गुरुप्रसाद कुमाल बुलबुललाई अतिरिक्त खर्च गर्ने गरि आर्थिक व्यवस्थापनमा सहयोग गर्ने भएपछि धन्यबाद ज्ञापन गरिएको छ ।