राप्ती नदीमा डुबेका चौधरीको शव तिनदिन पछि फेला

शिवु खनाल
देउखुरी, २९ भदौँ । राप्ती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव तिनदिन पछि फेला परेको छ । राप्ती नदिमा डुबेर बेपत्ता हुनु भएका लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना निवासी आन्दाजी ५५ वर्षिय ईश्वर चौधरीको शव तिनदिन पछि राप्ती नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख भवानी प्रसाद धमालाले जानकारी दिए ।
चौधरी गत बिहीबार बेलुका छ बजे लमही-कोईलाबास सडकखण्ड स्थित पलरामपुर पुल नजिकैबाट राप्ती नदिमा खसेर बेपत्ता भएका थिए । लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा अर्जुन खोलाका तालिम प्राप्त उद्दार टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा बोटिङ्बाट खोजी कार्य भइरहेको थियो । आइतवार बेलुका इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख इश्वर प्रसाद धमलाको नेतृत्वमा खटिएको टोलीले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडवास गाउँ स्थित राप्ती नदी किनारमा चौधरीको शव फेला पारेको हो । शवलाई पोष्टमार्टमको लागि हाल लमही अस्पतालमा राखिएको छ ।