देउखरीमा राप्तीमा डुबेर एकजना बेपत्ता

घरसञ्चार
दाङ । देउखुरीमा राप्ती नदिमा दुबेर एकजना बेपत्ता भएका छन ।
लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना निवासी ५५ बर्षिय ईश्वर चौधरी नदिमा खसेर बेपत्ता भएको प्रहरीले बताएको छ ।
उनी बिहिवार बेलुकी ६ बजे पारीबाट वारि घर आउँदै थिए । लमही-कोईलावास सडकखण्डको बलरामपुर पुल आसपास नदिको डिलबाट उनी राप्तीमा खसेका थिए । उनको शसस्त्र प्रहरी अर्जुनखोला, वडाप्रहरी लमही, पारिवारीक स्रोत तथा स्थानियले खोजीकार्य जारी राखेका छन् ।
भेटाउनु हुने जो कोहीले प्रहरीलाई खबर गरिदिनु हुन पारिवारीक स्रोतले अनुरोध गरेको छ ।