कांग्रेस दाङले बिपी जयन्तीमा वक्तृत्वकला प्रतियोगिता गर्ने

घरसञ्चार
दाङ, १७ भदौ । नेपाली कांग्रेस दाङले अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा भदौको २४ गते नेपाली कांग्रेस दाङले अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न थालेको हो । नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीका अनुसार प्रतियोगिता भदौ २४ गते विहान ११ बजेदेखि नेपाली कांग्रेस दाङको जिल्ला पार्टी कार्यालय घोराहीमा हुनेछ ।
जिल्ला सचिव योगीका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीका लागि ‘बीपी एक,व्यत्तित्व अनेक’, ‘बीपी कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलन’ र ‘नेपाली साहित्यमा बीपी कोइरालाको योगदान’ गरी तीन वटा विषयमा विद्यार्थीले आफ्नो प्रस्तुती राख्नुपर्नेछ । प्रतियोगितामा एउटा विद्यालयबाट एकजना विद्यार्थी मात्र सहभागी हुने व्यवस्था गरिएको नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले जानकारी दिएका छन् । कोषाध्यक्ष सुवेदीका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यार्थीले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुनेले नगद सात हजार, तेस्रो हुनेले नगद पाँच हजार र सान्त्वना हुने दुई हजार विद्यार्थीले नगद दुई हजार पाँच सय रुपैयासहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूले यहि भदौ २२ गतेभित्र नेपाली कांग्रेस दाङको घोराहीस्थीत कार्यालय, www.nepalicongressdang९१@gmail.com वा सम्पर्क नम्बर ०८२–५६०२२९, ९८५७८३१६४१ र ९८१०९२०८५७ मार्फत सहभागीको नाम टिपाउन समेत सवैमा आग्रह गरेको छ । नेपाली कांग्रेस दाङले विगत तीन बर्षदेखि विपी जयन्तीका अवसरमा अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिता गर्दे आएकोमा यो बर्ष वक्तृत्वकला प्रतियोगिता गर्न थालेको हो ।