पानी साझा हो, अर्को प्रदेशले उपयोग गर्न पाउछन् : मुख्यमन्त्री आचार्य

घरसञ्चार
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीको पानी साझा हुने बताएका छन् ।

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको दोस्रो समन्वय बैठक समापन पश्चात पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले कालिगण्डकी डाइभर्सन योजनालाई साझा रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।
पानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ,´ उनले भने,तर गण्डकी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आघात नपुग्ने गरी डाइभर्सन अघि बढाउनुपर्छ ।´

कालिगण्डकी डाइभर्सन भनेको कालिगण्डकी नदीको पानीलाई स्याङ्जा, पाल्पा, नवलपुर हुँदै तानसेन र बुटवल क्षेत्रमा लैजाने ठूलो सिँचाइ तथा जलविद्युत् योजना हो । यस अन्तर्गत नदीको पानीलाई सुरुङमार्फत मोडेर खेतीपाती, खानेपानी र विद्युत् उत्पादनका लागि उपयोग गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *