देउखुरीमा कारको ठक्करबाट एक बृद्धको उपचारका क्रममा मृत्यु

घरसञ्चार
दाङ, १५ भदौ । देउखुरीमा कारले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका–२ बरुवा गाउँका ७० वर्षिय भगवानदीन चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बिहान करिब साढे सात बजे लुम्बिनी प्रदेश ०२–००१ च ००२८ नम्बरको कारले चौधरीलाई सिसहनियाँ-सोनपुर भित्री सडक खण्डमा पैदल हिँडिरहेका बेला ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई लमही अस्पतालमा सामान्य पचार पश्चात् बुटवल रेफर गरिएको थियो । लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन र चालक दुवैलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *