लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन

शिवु खनाल
देउखुरी, ९ भदौँ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन आएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले सोमबार न्यू पौडेल ट्रेडर्स पसलको उद्घाटन गर्नुभएको हो ।
गोरखा स्कुल जाने रोड होटल सिद्धान्त नजिकै लमही गल्ली स्थित न्यू पौडेल ट्रेडर्स पसल सञ्चालनमा आएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै संघका अध्यक्ष ठकुरीले व्यापार, व्यवसाय यस क्षेत्रमा सञ्चालन हुनु सराहनीय भएको बताउनुभयो । कोरोनाको महामारीपछि आर्थिक मन्दीकरण धेरै उद्योग, व्यापार बन्द भएको र जर्जर अवस्थामा पनि उद्योग र व्यापार सञ्चालनले व्यापारिक हिसाबले सकारात्मक पक्षमा जोड दिएको उहाँले बताउनुभयो ।

उहाँले संचालक सरोज पौडेल र हिमराज पौडेल दुबैलाइ व्यवसायीक सफलताको शुभकामना व्यक्र गर्दै, नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका सदस्य गोपाल पुलामी, पत्रकार दशरथ घिमिरे, शिवु खनाल, लगायत युवा व्यापारी तथा समाजसेवीहरुको उपस्थिति थियो ।।