कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

घरसञ्चार


दाङ । कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइएको छ । बुधबार पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले त्रुटि सच्याइएको जानकारी दिएको हो ।

कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने….’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गरेको पुष्टि भएको पाठ्यक्रम विकास केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकला गर्न/गराउन आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *