राजपुरमा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा भुपाल ओली चयन

घरसञ्चार
दाङ । राजपुर गाउँपालिकामा ब्यबसायीहरुको सँस्था राजपुर चेम्बर अफ कमर्स गठन गरिएको छ ।
स्थानीय व्यापार, व्यवसाय र उद्यमशिलताको प्रवर्द्धन गर्नका लागि गठन गरिएको यस संस्थाको अध्यक्षमा व्यवसायी भुपाल ओली चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद शर्मा, उपाध्यक्षमा डम्बर केसी, महासचिव दीपक चौधरी, सचिव शैलेन्द्र गुप्ता,
कोषाध्यक्ष अपदेश भण्डारी, सह–कोषाध्यक्ष मेनुका बुढाथोकी वली निर्बिरोध चयन भएका हुन । त्यस्तै सदस्यहरुमा भिमबहादुर चौधरी, पप्पु झा, मिना नेपाली, रामपुरन यादव, गणेश कुमार सुवेदी र मिना भण्डारी चयन भएका छन् । संस्थाका सल्लाहकारमा भित्रानन्द यादवलाई मनोनीत गरिएको छ । अन्य सल्लाहकार र प्रेस संयोजक आगामी बैठकबाट मनोनित गर्ने समितीले निर्णय गरेको छ ।

राजपुरको जँग्रहवामा आयोजित विशेष कार्यक्रमका बीच नयाँ समितिको घोषणा गरिएको हो । ब्यबसायी तथा बुद्धिजीवी भुपाल ओलीको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेबी यादबको प्रमुख आतिथ्य एबम् चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिब अजय न्यौपाने, प्रदेश सदस्य शँकर गौतमको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेबी राजपुरमा व्यापारिक संरचना व्यवस्थित गर्न चेम्बर अफ कमर्सले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “राजपुर व्यापारिक केन्द्र बन्ने ठूलो सम्भावना बोकेको गाउँपालिका हो । यस्तो अवस्थामा चेम्बर अफ कमर्स जस्ता संस्थाहरूले व्यवसायीहरूलाई सशक्त बनाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सक्नेछन् ।” उनले ब्यसायीको हकहित र एकतामा गाउँपालिकाले समन्वयकारी भुमिका निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा चेम्बरका प्रदेश सचिब न्यौपाने र सदस्य गौतमले नवगठित समितिलाई शुभकामना दिंदै चेम्बरलाई व्यवसायी र सरकारबीचको पुलको रूपमा काम गर्न सुझाव दिए । सचिव न्यौपानेले भने, “स्थानीय उत्पादनलाई बजारीकरण गर्न चेम्बरको भूमिका निकै महत्वपूर्ण हुन्छ । यसले व्यवसायीहरूका समस्या सम्बोधन गर्दै विकासको बाटो खोल्छ ।” कार्क्रममा लमही चेम्बर अफ कमर्सका अध्यक्ष शीतल भुषाल र गढवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्तोष कौशलले पनि शुभकामना मन्तव्य राख्दै राजपुर चेम्बरलाई सहयोग र समन्वयमा आफुहरु सधैं तयार रहने प्रतिबद्धता जनाए ।
नयाँ समिति गठनसँगै राजपुर चेम्बर अफ कमर्सले व्यापार क्षेत्रको समग्र उत्थानका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ । अध्यक्ष भुपाल ओलीले संस्थाले स्थानीय व्यवसायीको हकहित संरक्षण, व्यापार सहजता, रोजगारी सृजना, स्थानीय उत्पादन प्रवर्द्धन तथा नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले भने, “व्यापारीका समस्या बुझेर समाधानतर्फ पहल गर्नु, लगानीको वातावरण तयार पार्नु र उद्योगमैत्री नीति निर्माणमा चेम्बरले सक्रिय पहल गर्नेछ ।”

राजपुर चेम्बर अफ कमर्सको गठनसँगै स्थानीय व्यवसायीहरूमा उत्साह देखिएको छ। यसले राजपुरको आर्थिक क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसायमैत्री वातावरण बनाउने अपेक्षा गरिएको छ ।