मोटरसाईकल दुर्घटनामा परी एकजना गम्भीर घाईते

घरसञ्चार
दाङ । लमहीको सतबरियामा मोटरसाईकल दुर्घटनामा परी एकजना गम्भीर घाईते भएका छन ।
लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी लमही नगरपालिका-८ निवासी बर्ष ३३ का गणेश चौधरी गम्भीर घाईते भएका छन । उनलाई लमहीमा सामान्य उपचार पश्चात् नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी सडक किनारमा पल्टिएको अबस्थामा भेटिएका थिए ।
गणेश सँगै बर्ष ४२ का सन्तराम चौधरीपनि मोटरसाईकलमा सवार भएको प्रहरीको आंकलन छ । तर उनी सम्पर्क बिहिन भएपछी मोटरसाईकल चालकको पहिचान हुन नसकेको अमिलिया प्रहरी प्रमुख भवानी प्रसाद धमलाले जानकारी दिए । उनको खोजीकार्य जारी रहेको र थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । सडक साँघुरो भएको र रातीको समय भएकालेपनि दुर्घटना भएको हुनसक्ने प्रहरी प्रमुख धमलाले बताए । दुर्घटना स्थलमा सडक डिभिजन कार्यालय अन्तरगतको योजनाको काम भईरहेको छ । नाला निर्माणका लागि सडक किनारमा निर्माण सामाग्रीहरु राखिएको थियो ।